तेह्र हजार लि मदिरा नष्ट



कलैया, २२ फागुन । बारा जिल्ला प्रसौनी गाविस– १, ३, ५ र ६ मा आज बिहान प्रहरी टोलीले पाँच जनाका घरमा छापा मारी बरामद गरिएको तयारी कच्चापदार्थ १३ हजार दुई सय २० लिटर मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक कुमार यादवको नेतृत्वमा रहेको टोलीले पाँच थान रक्सी बनाउने यन्त्र र दुुई थान ग्यास सिलिन्डर समेत नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्