रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



लिबाङ (रोल्पा), २० फागुन । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् ।

बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उहाँले बताउनुभयो ।

प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन् । अहिले ट्र्याक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्