मेडिकल कलेजका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ



रत्ननगर (चितवन), २० फागुन । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गत माघ ११ गते भएको सो घटनामा संलग्न भई फरार हुँदै आएका अभियुक्त चित्रवन नगरपालिका–३ चितवन बस्ने २४ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

कलेज परिसरमा डा न्यौपाने चढेको बा १४ च ७५६४ नंको गाडीमा आक्रमण गर्दा गाडीको सिसा फुटेपनि डा न्यौपाने सकुशल हुनुहुन्थ्यो । खोतजलासका क्रममा बुधबार पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

महिला मृत फेला

यसैबीच, चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । नारायणी नदी किनारस्थित गौरेश्वर मन्दिर नजिकै किनारमा बिहीबार करिब ३५ वर्षीयाजस्तो देखिने महिला मृत भेटिएकी हुन् ।

नारायणी किनारमा पुगेका स्थानीयवासीले महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको अहिलेसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ । उनको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्