सल्यानका तीन क्याम्पसमा निर्विरोध



नेपाल समाचारपत्र
सल्यान
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा अन्य जिल्लाको क्याम्पसमा विरोध भइरहे पनि सल्यानमा भने तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनबाट निर्विरोध गठन भएको छ।

बहुमुखी क्याम्पस सल्यान, शिवजन क्याम्पस शीतलपाटी, कपुरकोट बहुमुखी क्यम्पसमा अहिलेसम्म कसैले पनि उम्मेदवारी दर्ता नदिएकाले तीन वटा संगठनका बीच स्वतन्त्र विधार्थी युनियन निर्वाचन निर्विरोध गठन गरिएको हो। सल्यान जिल्लामा क्रियाशील तीन विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको सहमतिमा त्रिभुवन विश्व विद्यालयको कार्यतालिका अनुसार सहमति भएका क्याम्पसहरूमा घोषणा गर्ने क्रमम सल्यानका तीन क्याम्पसमा स्ववियु घोषणा गरिएको छ। सल्यान बहुमुखी क्याम्पसमा अनेरास्ववियुलाई अध्यक्ष, नेविसंघलाई सचिव र सह–सचिव अखिल क्रान्तिकारीलाई उपाध्यक्ष पद भाग परेको थियो। सभापतिमा राम बहादुर केसी, उपसभापतिमा हिमाल उपाध्याय, सचिवमा ललित केसी सहसचिवमा सञ्जीव विष्ट र कोषाध्यक्षमा मित्रलाल सुनार रहनुभएको छ।

यस्तै सदस्यहरूमा पुस्कर विक, यज्ञराज बोहरा, अञ्जना रेग्मी, भीमबहादुर चन्द, डम्बर सिं राना, चन्द्रबहादुर महतरा, बुद्धिमान पुन, सिर्जना नेपाली, सरिता चलाउने र मोतीकला घर्ती रहनुभएको छ यस्तै शिवजन क्याम्पस शीतलपार्टीमा अखिल क्रान्तिकारीलाई अध्यक्ष र सहसचिव अनेरास्ववियुलाई नेविसंघलाई कोषाध्यक्ष र सचिव भाग परेको थियो। अध्यक्षमा हरिप्रकाश वली, उपाध्यक्षमा निरज सिंह, सचिव प्रमोद भण्डारी, सहसचिवमा रमेश बुढाथोकी र कोषाध्यक्षमा अञ्जना चन्द रहनुभएको छ।

यस्तै सहस्यहरूमा भावना केसी, कमला भण्डारी, टेकबहादुर बुढाथोकी, तिलक डाँगी, भवानी थापा, कुस्मा वली, सरिता थापा, ओमकार बुढाथोकी, चेतना बस्नेत र अञ्जली शर्मा रहनुभएको छ। यस्तै कपुरकोट क्याम्पसमा पनि घोषण भएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल विद्यार्थी संघ सल्यानका सभापति प्रकाश भण्डारी अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष घनश्याम पुन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ६ का प्रवक्ता हिमाल योगीलगायतले कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सल्यानको हकहितका निम्ति सबै जिल्लामा क्रियाशील र एकताबद्ध भएर जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्