अस्पतालमा गुणस्तरहित औषधि



ललित सिंह, बझाङ
जिल्ला स्वास्थ्य कार्यालय बझाङ र ठेकेदारको लापरबाहीले सम्झौता विपरीत म्याद गएको औषधिको टेन्डर गरेर औषधि ल्याएको अस्पताल विकास समितिका सदस्य लोकेन्द्र सिहं धामीले बताउनुभएको छ।

नव निर्वाचित अस्पताल विकास समितिले जिल्ला स्वास्थ्य कार्यालयमाथि औषधि खरिद गर्दा शंका लागेपछि जिल्ला अस्पताल बझाङको स्टोरमा औषधिको अनुगमन गर्दा सम्झौताअनुसार औषधि नल्याइ मनोमानी ढंगबाट १८ महिनासम्म मिति भएको औषधि खरिद गरेर ल्याउनुको साटो ३ महिना मात्र म्याद भएको औषधि टेन्डर गरेर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष जगतबहादुर सिहंले बताउनुभएको छ।

उनले भन्नुभयो ‘२०७३ साल ८ महिना ३ गते टेन्डर गरेर ३५ लाखको औषधि खरिदको ठेक्का ड्रक सेन्टर धनगढीका प्रोपाईटर हेमन्तकुमार बस्नेतले पाएको थियो। नव निर्वाचित अस्पताल विकास समितिले औषधि खरिदमाथि शंका लाग्दा छड्के अनुगमन गर्दा जिल्ला स्वास्थ्य कार्यालय र ड्रक सेन्टर धनगढीबीच १८ महिना म्याद भएको औषधि खरिद गरेर ल्याउनुको साटो जिल्ला स्वास्थ्य कार्यालयकै मिलोमतोमा ३ महिनादेखि ५ महिना म्याद भएको औषधि जिल्लामा भित्र्याउनुको साटो यसमा ठूलो पैसाको चलखेल भएको अध्यक्ष सिहंले बताउनुभएको छ।

औषधिको बाहिरी कबरको मिति र भित्री औषधिमा राखेको मिति पनि फरक ,फरक हालेर प्यकिङ गरेको अनुगमन गर्दा भेटिएको छ। औषधि खरिदमा ठेकेदार र डाक्टरको मिलोमतोमा म्यात जान लागेको र म्याद गुज्रेको औषधि जिल्ला स्वास्थ्य कार्यालयमै भेटाउँदा कति चलखेल भएको हो भन्ने स्पस्टै रहेको छ।जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र १० वटा सेवा केन्द्र रहेका छन्, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरूकै लापरवाहीले विकट गाउँका हजारौं जनताहरू औषधिको पहुँचबाट टाढा बसिरहेका छन्।

जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा त यति ठूलो अनियमितता हुँदै आएको छ भने अन्य कार्यालयको अवस्था त सहजै थाहा पाउन सकिन्छ। जिल्लाका सरोकारवाला निकायले भने अनुगमन गरेजस्तो गरेर खासै यसमा ध्यान नदिएको जनगुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्