अखिल क्रान्तिकारी (प्रचण्ड)



देशैभरका क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया विथोलिएको छ। तर, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) निकट विद्यार्थी संगठनले आफ्नो विजय सुनिश्चित भएको दाबी गरेको छ। मनोनयन दर्ता भएकै दिन हिजो शनिबार एक दर्जन क्याम्पसको स्ववियु सभापति विजयी भएका लिस्ट सार्वजनिक गरेको जनाएको छ। राजधानीका २२ आंगिक क्याम्पसमध्ये अधिकांशमा तालाबन्दी र आगजनी भइरहेका बेला सो संगठने विजयी सभापतिहरूको नाम सार्वजनिक गरेको हो। आपसी झगडामा व्यस्त रहेका संगठनले आफूहरू निर्वाचनको पक्षमा रहेको जनाइरहँदा क्रान्तिकारीले भने एक दर्जन सभापतिको नामावली सार्वजनिक गरेको हो। विद्यार्थी संगठनको आन्तरिक कलहले आगो भइरहेको छ र चुनावी प्रक्रियासमेत शुरु हुन नसकेको अवस्थामा क्रान्तिकारीले आफ्नो सभापतिको नाम सार्वजनिक गरेको हो।

संगठनको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा सभापतिको नाम सार्वजनिक गरेको हो। क्रान्तिकारीले दिएको सार्वजनिक जानकारीअनुसार निम्न क्याम्पसमा पदाधिकारी चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्