स्वर्ण महोत्सवमा रक्तदान



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुर उद्योग वाणिज्य संघको फागुन २१ गते हुने स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारणसभाको उपलक्ष्यमा आइतबार हेटौंडा बुद्धचौकमा रक्तदान कार्यक्रम गरिएको छ।

कार्यक्रममा ७५ जनाले रक्तदान गरेको स्वर्ण महोत्सव स्वास्थ्य उपसमिति संयोजक दिवस पराजुलीले बताए। संघ बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी, मकवानपुर सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुपारेटार ब्यारेकका नेपाली सेनाका अधिकृत तथा जवानहरूको समेत सहभागिता थियो।
कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समिति संयोजक उत्तम शर्मा ढकाल, कालीशक्ति गणका गणपति सुशीलबहादुर सिंह, संघ पदाधिकारी, सदस्य र व्यवसायीलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्