प्रधानमन्त्रीले भने—आज चुनावको तिथी घोषणा हुन्छ, आगोको रापमा बसिसकेको मान्छे हुँ, देश टुक्रिन दिन्न



ईश्वरराज ढकाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय चुनावको तिथी घोषणा गर्ने बताउनुभएको छ ।

आफू पहिलेपनि खुकुरीको धार र आगोको रापमा बसिसकेको मान्छे भएकोले चुनौति सामना गर्दै चुनावको तिथी घोषणा गर्ने प्रधानमन्त्रीले बताउनुभएको हो ।

प्याब्सनको १३ औं महाधिवेशनको आज बिहान राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी मंसिरमा प्रदेश र संसदको चुनाव हुने तथा जेठमा स्थानीय चुनावको घोषणा हुने बताउनुभयो ।

उहाँले आफूले कुनै हालतमा देश टुक्रिन नदिने समेत सो अवसरमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्