बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै



काठमाडौं, (नेस)।

कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले नेपाल मै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदैछ । नेपाल एग्रीटेक २०१७ को आयोजना सो प्रदर्शनी फाल्गुण ६ देखी ८ गते सम्म भृकुडीमण्डपमा हुने प्रबन्धक निर्देशक सृजल भट्टराईले जानकारी दिनुभयो ।

नेपाल, भारत, मलेसीया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी,बेलजियम, नेदरल्याण्डस सहित १६ देशका २०० भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको प्रदर्शनी गर्नुका साथै कृषि, पशुपालन तथा डेरी सम्बन्धि विभिन्न प्राविधिक गोष्ठीहरु पनि संचालन गरिने भएको छ ।

निःशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिन देखी लिएर कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक भट्टराईले बताउनु भयो ।

मिडिया स्पेश सोलुसन प्रा.लि., फ्यूचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघकोे संयुक्त आयोजनामा हुन गइरहेका उक्त प्रदर्शनीमा कृषि बिकास मन्त्रालय तथा कृषि ईन्जिनीयरिङ्ग निर्देशनालय सह—आयोजक पशुपंक्षी बिकास मन्त्रालय, कृषि उद्यम केन्द्र, व्यवसायिक कृषि तथा व्यापार आयोजना, आर. एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि, फर्मिङ एण्ड एग्रीकल्चर रिसोर्स म्यानेजमेन्ट प्रालि, र नेपाल कृषि सहकारी केन्द्रिय संघ सहयोगिको रुपमा रहेका छन् ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्