प्रेम दिवसमा पोखियो कलाकारको प्रेम



भ्यालेन्टँन्स डे अर्थात् प्रेम दिवसलाई कलाकारहरुले पनि आफ्नै ढंगले मनाएका छन्। धेरैजसो कलाकारले आफ्ना प्रियसीलाई सामाजिक सञ्जालमार्फत् विस गर्दै यो दिवस मनाएका छन्। प्रेम दिवसमा क–कसले कसरी पोखे आफ्नो माया प्रेम !
निर्माता छवि ओझाको फिल्मबाट रजतपटमा डेब्यु गरेकी नायिका शिल्पा पोखरेलले उनीसँगैको फोटो पोस्ट गर्दै लेखेकी छिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे।’

निर्माता छवि ओझाको फिल्मबाट रजतपटमा डेब्यु गरेकी नायिका शिल्पा पोखरेलले उनीस“गैको फोटो पोस्ट गर्दै लेखेकी छिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे।’

केदार घिमिरे ‘माग्ने बुढा’ ले पत्नीसँगको फोटो अपलोड गर्दै तस्वीरमार्फत् नै आफ्नो भावना शेयर गरे
मेरो ऐश्वर्या तिमी
मेरो प्रियंका कार्की तिमी।
तिम्रो अगाडि म त केही होइन
म त टाटेसिमी।
प्रणय दिवसको शुभकामाना।


निखिल उप्रेतीको फेसबुक अकाउन्टबाट पत्नी कोपिला र छोरासँको फोटोसहित मेरो भ्यालेन्टाइन उल्लेख भएको देखियो।

गायक प्रमोद खरेलले पत्नीसँगको फोटो शेयर गर्दै लेखेका छन्–
‘दिल पोखरामा, मान्छे पोखरामा
अनि
प्रणय दिवस पोखरामा।’


निखिल उप्रेती पत्नी कोपिला उप्रेतीले पनि पतिसँगको तस्वीर शेयर गर्दै लेखेकी छिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे।’

नायक तथा निर्माता आर्यन सिग्देलले पत्नी सपनासँगको तस्वीरका साथ लेखेका छन्– ‘सम्बन्ध गज्जब छ
माया प्रगाढ।
रिसाउँदाको नि मज्जा अर्कै
रिसाएकीलाई फकाउँदाको मज्जा नि अर्कै।
खुसी मुहारको सज्जा नै अर्कै
म खासै माया गर्न जानेको मान्छे त होइन
तर जानेको जति गर्न पाउनुको मज्जा अर्कै।

गायक रामचन्द्र काफ्लेले गायिका पत्नी जुनु रिजालको तस्वीरका साथ लेखेका छन्– ‘कैले रिसाउनी निर कैले फकाउनी, जैले पनि मायामा नै मया मिसाउनी।’ गायिका जुनु रिजालले गायक पति रामचन्द्र काफ्लेसँगको तस्वीर शेयर गर्दै लेखेकी छिन्– ‘प्रेम कुनै दिनको पर्खाइमा बस्दैन, यो त आफैं चुपचाप बस्छ। जब कसैप्रति मन आकर्षित हुन्छ, ऊ जिन्दगीमा जरुरी हुन्छ। उसका आनिबानी मन पर्न थाल्छन्। तब प्रेमको शुरुआत भयो भनी सम्झिने हो। जब एक–अर्कामा कुरा लुक्न छोड्छ, तब विश्वास आफैं आउँछ दिलाइराख्नु पर्दैन। ती सबै प्रेमी जोडीलाई प्रेम दिवसको शुभकामना। रह्यो हाम्रो कुरा हाम्रो लागि त हरेक दिन प्रेम दिवस हो। जय माया प्रेम।’

नायिका विनीता बरालले प्रेमी तिलकसँगको तस्वीर शेयर गर्दै फेसबुकमै लेखिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे टु अल लभिङ पिपुल।’

तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले चाहिँ निर्माणाधीन मुसहर बस्तीमै श्रमदान गरेर प्रेम दिवस मनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्