तोतेबोलीमै स्पर्धा



नर्सरीभन्दा पनि तल्लो लेभलमा पढिरहेका तोतेबोलीका बालबालिकाबीच राजधानीमा किन्डर गार्डेन प्रिन्स–प्रिन्सेस नेपाल–२०१७ नाममा प्रतियोगिता भएको छ। प्रतियोगिता चलिरह“दा कोही बालबालिका रोइरहेका थिए भने आमाहरू आफ्ना छोराछोरीलाई सम्हाल्न स्टेजतिर लम्किरहेका थिए।

यी काखे बालबालिकाको प्रतियोगितामा प्रोमिनेन्ट किड्स स्कुलमा अध्ययनरत रौनक भण्डारी र जियाना रेश्मीले उपाधि जितेका छन्। प्रतियोगिता आरके इन्टरटेनमेन्ट ग्रुपले आयोजा गरेको हो। गु्रपकाअनुसार सन् २०१४ देखि विश्वमै किन्डर गार्डेन प्रिन्स–प्रिन्सेस प्रतियोगिता हुन थालेको छ। किन्डर गार्डेन प्रिन्स–प्रिन्सेस नेपालको भने यो तेस्रो संस्करण हो। प्रतियोगितामा प्रिन्सतर्फ ११ र प्रिन्सेसतर्फ १४ प्रतियोगी थिए।

प्रतियोगितामा फेरिजोइ ईसीसी स्कुलका प्रिन्स मायन्क राउत तथा सरस्वती उमाविका प्रिन्सेस आकृशा श्रेष्ठ फस्ट रनर्सअप, प्रोमिनेन्ट किड्स स्कुलका प्रिन्स लुकस अधिकारी तथा प्रिन्सेस समृष्टि बुढाथोकी सेकेन्ड रनर्सअप भए। त्यस्तै प्रोमिनेन्टकै प्रिन्सेस मिचल गोले लामा तथा चिल्ड्रेन स्कुलका प्रिन्स सुमित भट्ट पब्लिक च्वाइस अवार्ड जित्न सफल भए।

निशा आचार्यको कोरियोग्राफी रहेको प्रतियोगितामा एस तामाङ बेस्ट हेयर, माधवी पाण्डे बेस्ट फ्रेन्डसिप, जसन श्रेष्ठ बेस्ट क्याटवाक, अभिगइल महत बेस्ट स्माइल, योञ्जन कार्की बेस्ट ट्यालेन्ट, श्रीयन बस्नेत बेस्ट क्याटवाक, अञ्जली दाहाल बेस्ट डिसिप्लेन, जेनिश गुरुङ बेस्ट हेयर, आजसी ढुंगेल बेस्ट डिसिप्लिन, सन्भी तन्डुकार बेस्ट ब्युटी, अभिश पाठक बेस्ट पर्सनालिटी, मुस्कान श्रेष्ठ बेस्ट पे्रmन्डसिप, लानिरानी गाम्देन तामाङ बेस्ट ट्यालेन्ट र श्रीया विष्ट फोटोजेनिक भए।

प्रतियोगिताका लागि सञ्चारकर्मी आरडी शृंखला, अञ्जली शाक्य, व्यवसायी किशन सिंह, कलाउडियो पेरोकिनी स्विस र मन्टेस्वरी एसोसिएसनका अध्यक्ष तथा मन्टेस्वरीअन्तर्गत अन्तर्राष्ट्रिय प्रशिक्षक सुष्मा लामा निर्णायक थिए।

प्रतिक्रिया दिनुहोस्