दीपिकालाई हलिउडबाट फाइदा



साधारणतया भारतीय कलाकारलाई हलिउड फिल्ममा धेरै लामो भूमिका दिइँदैन। केही बलिउड कलाकार महत्त्वहीन भूमिका पनि यसका लागि निर्वाह गर्छन् कि उनीहरू हलिउडमा काम गरेर आफ्नो ख्याति बढाउन चाहन्छन्।

हालै प्रदर्शित हलिउड फिल्म ट्रिपल एक्स रिटनर्स अफ डेन्जर केजमा दीपिका पादुकोण देखिएकी छिन्। यो फिल्म एउटा ठूलो बजेटको फिल्म हो भने यसमा धिन डिन्जलजस्ता स्टारले पनि खेलेका छन्। यस फिलममा दीपिकाको भूमिका ठूलो र महत्त्वपूर्ण पनि छ। उनी विनको हिरोइनको रूपमा देखिएकी छिन्।

यो फिल्म बलिउडमा केही दिनअघि प्रदर्शनमा आएको थियो। साथै फिल्मको प्रोमोसनको लागि विन पनि पुगेका थिए। यस फिल्मले दीपिकाको लागि हलिउडको ढोका खोलिदिएको छ। यस फिल्मबाट उनलाई सकरात्मक प्रतिक्रिया पनि मिलेको छ।

प्रतिक्रिया दिनुहोस्