मन त परदेशी बन्ने



रोजगारीको खोजीमा बाहिरीने युवाहरुको कथाका फिल्म बन्ने भएको छ। प्रेम कथालाई प्रमुख विषय बनाइ मन त परदेशी नामक फिल्म निर्माण गर्न लागिएको हो। फिल्मको शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच शुभ साइत गरिएको छ।
फिल्मको निर्देशन देब नेपालले गर्नेछन्। आगामी फागुन १० गतेदेखि छायांकन शुरू गरिने फिल्मलाई दुर्गाबहादुर खड्काले निर्माण गर्न लागेका हुन्। दिपेश पाण्डे, विक्रम क्षेत्री र समिता गिरी प्रमुख कलाकार रहनेछन्।

प्रतिक्रिया दिनुहोस्