कलेज र लिटिल आइकन सँगसँगै



विभिन्न वर्ग र उमेर समूहको सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले आगामि माघ १६ गते आइतबार राजधानीमा एकसाथ २ भिन्दाभिन्दै उमेर समूहका लागि प्रतियोगिता गर्ने भएको छ।

मिडिया हाउसले शहीद दिवसको दिन एकसाथ एकै मञ्चमा मिस कलेज आइकन तथा लिटिल आइकन नेपाल २०१७ आयोजना गर्न लागेको हो। आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादर कार्कीका अनुसार राजधानीका विभिन्न कलेज तथा विद्यालयमा अध्ययनरत छात्रछात्राको बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि एकसाथ एकै मञ्चमा यी प्रतियोगिता आयोजना गर्न लागिएको हो। कार्यक्रमले विद्यालयस्तरका बालकालिकाको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै जाडो महिनाको बिदाको समयलाई सही सदुपयोग गराउने उनले बताए।

प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ भने काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। दुवै प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई प्रतिभाको विकास, व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङको ज्ञानसम्बन्धी तालिम र प्रशिक्षण प्रदान गरिइरहेको कार्कीले जानकारी गराए।

शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुने मिस कलेज आइकनमा राजधानीका विभिन्न कलेजमा अध्ययनरत रेखा सुन्दास, कृति श्रेष्ठ, जमुना कार्की, अजेस्ना शाक्य, बिन्दु भट्ट, सुजना पाण्डे, सभ्यता नेपाल, सलिसा श्रेष्ठ, दिना देके, टासील्हामु शेर्पा, प्रतीज्ञा थापा, ममता गुरुङ, इस्पा जोशी, श्वेता थापा र पिया कुँवर गरी १५ कलेज सुन्दरीले प्रतिस्पर्धा गर्दै छन्।

त्यसै गरी लिटिल आइकन नेपालमा राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत लुनिभा श्रेष्ठ, योगिशा शाक्य, तृष्णा भुजेल, सरिश्मा श्रेष्ठ, अमृता महर्जन, बिकिसा घलान, निहारिका भण्डारी, अंशु रानामगर, निर्देशिका अधिकारी, अनिशा श्रेष्ठ, प्रिया गौतम, रेभना महर्जन, इमरोज महर्जन, सोबिका महर्जन, स्नेहा थापा, सुनोयना खड्का, सन्दिका रानामगर, बिनु तामाङ, खुसी थामी, जेसीका श्रेष्ठ, पुनम महर्जन, इशा थापा, कृति महर्जन, श्रेया सिलवाल, अनुभूति श्रेष्ठ, सुनिमा लामा, प्रनिका कुँवर, आकृति बिष्ट, समिता घिमिरे, सन्जिना शर्मा, प्रनिशा कुँवर, आयुश्री शिल्पकार, ज्वाला राई, सानमियल महर्जन, प्रज्ञान महर्जन, युगल लिम्बु, सन्देश बज्राचार्य, रविन लामा, लक्की महर्जन, अस्तित्व राई र सुक्रिन श्रेष्ठ गरी ४१ जन बालबालिका अन्तिम स्पर्धामा प्रतिस्पर्भा गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्