पोल्ट्री महासंघमा नयाँ नेतृत्व



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पोल्ट्री महासंघको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले अध्यक्षमा गुणचन्द्र विष्ट, उपाध्यक्षहरूमा नारायणहरि खत्री, टीकाराम पोखरेल, अर्जुनकुमार अर्यालसहित सिंगो कार्यसमितिलाई निर्विरोध चयन गरेको छ।

त्यस्तै महासचिव दिनेशराज मिश्र, सचिव शिवराम केसी, कोषाध्यक्ष्य बाबुराजा रावल चयन भएका छन् भने कार्यसमितिका सदस्यहरू डा. रुपेन्द्र चौलागाईं, चन्द्रमान श्रेष्ठ, डा. तिलचन्द्र भट्टराई, जंगबहादुर बेलबासे, तेजनारायण पाण्डे, उमेशचन्द्र सापकोटा,सुरेश बैद्य,राजेन्द्र लामिछान,जयकृष्ण सापकोटा, रामलाल भुसाल,तरुण राजवन्त, कृष्णहरि लोहनी, रविन्द्रराज सिपखान रहेका छन्। २०६८ मा स्थापना भएको पोल्ट्री महासंघमा हाल देशभर गरी जम्मा ५६ सदस्य रहेका छन्। महासंघले आफ्नो स्थापनाकालदेखि नै व्यवसाय विकास र प्रवद्र्धनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्नुका साथै पोल्ट्री क्षेत्रमा देखापरेका विभिन्न समस्याहरू समाधानका लागि निरन्तर पहल गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्