कमिटीको छानबिनमा कमिटी



काठमाडौं विश्व विद्यालयको उपकुलपति छान्नका लागि अहिले भइरहेको दौडधूप देखेर धरहरा वरपर पनि जिब्रो टोक्नेहरू बढेका छन्। स्वार्थी समूहहरूको लबीङ् यति विचित्र ढंगले भइरहेको छ कि त्यो देखेरे उपकुलपति पदको लागि किन यतिसाह्रो दौडधूप भएको होला भनेर प्रश्न गर्नेहरू बढेका छन्। त्यहाँ एउटा सर्च कमिटी भन्ने बनाइएको रहेछ।

त्यसमा रहेका मध्ये केही एक जना व्यक्तिको नाममा झुत्ती खेल्दा रहेछन्। अर्काथरी अर्कै व्यक्तिको नाममा झुत्ती खेल्दा रहेछन्। आखिर कमिटीका मान्छेहरूले किन यसरी झुत्ती खेलेका होलान् भनेर चाहिं पो छानबिन गर्न सरकारले अर्को छानबिन कमिटी बनाउनुपर्ने जस्तो देखिएको छ।

कतै सर्च कमिटीका मान्छे बिकेका त होइनन् ? नत्र ३ करोड नेपाली भएको देशमा तीन जना मान्छेको नाम लिएर किन झगडा गर्ने काम भइरहेको छ ? ती मान्छे नहुँदै केयु चल्दैन भन्ने हिम्मत कहाँबाट आएको होला ? धरहरा वरपर आउने व्यक्तिहरूले चिन्ता व्यक्त गर्दै थिए–पहिला शर्मा थरका उपकुलपति हुन्जेल चाहिं केयु केयु भन्न लायक थियो। अहिले त न गुणस्तर कायम राख्न सकियो नत अरू नै। यसको बिजोग बनाइयो। र, अहिले मोलमोलाई गर्ने र झुत्ती खेल्ने ठाउँ बनाइयो।

यी चर्चा सुनेर यो धरहरालाई पनि दुख लागेको छ। केयु भनेपछि पहिला अलि इज्जतिलो रूपमा लिने गरिएको थियो। तर, अहिले त त्यहाँ बसेर कसैलाई पेन्सन नै पकाउने रहर। अनि सर्च कमिटीको नाममा झुत्ती। यो सर्च कमिटीकै अब छानबिन गरेर नयाँ प्रक्रिया अघि बढाउने हो कि ? अहिले त न गुणस्तर कायम राख्न सकियो नत अरू नै। यसको बिजोग बनाइयो। र, अहिले मोलमोलाई गर्ने र झुत्ती खेल्ने ठाउँ बनाइएको छ।

यी चर्चा सुनेर यो धरहरालाई पनि दुख लागेको छ। केयु भनेपछि पहिला अलि इज्जतिलो रूपमा लिने गरिएको थियो। तर, अहिले त त्यहाँ बसेर कसैलाई पेन्सन नै पकाउने रहर। अनि सर्च कमिटीको नाममा झुत्ती। यो सर्च कमिटीकै अब छानबिन गरेर नयाँ प्रक्रिया अघि बढाउने हो कि। जग हँसाउनुको पनि हद हुन्छ नि। कि कसो पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्