काठमाडौं
मिस सुप्रन्यासनल नेपाल र मिस्टर सुप्रन्यासनल नेपाल २०२६ का विजेता घोषणा गरिएको छ। आयोजित विशेष समारोहमा भएको छनोट प्रक्रियापछि पूर्णिमा कार्की र मृदुल आचार्यले क्रमशः महिला तथा पुरुषतर्फको उपाधि जित्न सफल भएका हुन्।
उपाधि विजेता कार्की र आचार्यले आगामी जुलाई ३१ मा पोल्यान्डमा आयोजना हुने सुप्रन्यासनलको अन्तर्राष्ट्रिय फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
विजेता छनोटका लागि विभिन्न क्षेत्रका व्यक्तित्व सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो। निर्णायकहरूको मूल्यांकनका आधारमा दुवै प्रतिस्पर्धीलाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ।
२४ वर्षीया पूर्णिमा कार्की पेशाले कानून व्यवसायी तथा टेलिभिजन प्रस्तोता हुन्। विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न उत्साहित रहेको बताइएको छ।
त्यसैगरी ३० वर्षीय मृदुल आचार्य सिभिल इन्जिनियर हुन्। निर्माण व्यवस्थापन र व्यवसाय प्रशासनमा स्नातकोत्तर अध्ययन पूरा गरेका आचार्यले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थिति प्रभावकारी बनाउने लक्ष्य राखेका छन्।











प्रतिक्रिया