जापानमा ५.५ म्याग्निच्युडको भूकम्प


टोकियो ।

जापानमा मंगलबार ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का देशका विभिन्न क्षेत्रमा महसुस गरिएको जापानी मौसम विज्ञान निकाय (JMA) ले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार भूकम्पबाट तत्काल मानवीय वा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन। साथै, सुनामीको चेतावनी पनि जारी नगरिएको अधिकारीहरूले बताएका छन्।

जापान विश्वकै सबैभन्दा बढी भूकम्प जाने देशहरूमध्ये एक हो। प्रशान्त ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले त्यहाँ साना–ठूला भूकम्प बारम्बार आउने गर्छन्।

स्थानीय प्रशासनले नागरिकलाई सम्भावित पराकम्पन (आफ्टरसक) प्रति सतर्क रहन आग्रह गरेको छ।