चर्चित लोक तथा पप गायिका सिर्जना खत्री (हाउडेमाया) को नयाँ गीत फूलमाया सार्वजनिक गरिएको छ।
गीतमा सिर्जनाकै स्वर, शब्द रचना र संगीत रहेको छ भने ¥याप कलाकार आयुष प्रतीकको विशेष प्रस्तुति समावेश गरिएको छ। गीतमा योगेश काजी शाहले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोको निर्देशन नितिन चन्दले गरेका छन्। म्युजिक भिडियोमा सिर्जनाको साथमा दीपा शाही, सृजन खरेल, दिलीप शाह र आयुष प्रतीकले अभिनय गरेका छन्। आकर्षक र फरक तरिकाको सेटमा छाया“कन गरिएको गीतको भिडियोले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् भनेछायांकन रुपेश थापा र सम्पादन शौखिन तिमल्सिनाले गरेका छन्।
नेपाली लोक तथा पप संगीत क्षेत्रमा लोकप्रिय गायिकाका रूपमा परिचित सिर्जनाले आफ्ना प्रत्येक गीतमा नया“ प्रयोग गर्दै आइरहेकी छन्। फूलमाया सिर्जना खत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया