काठमाडौं।
२१औँ अन्नपूर्ण चेस च्याम्पियनसिपअन्तर्गत विभिन्न उमेर समूहका प्रतिस्पर्धामा आयोजक अन्नपूर्ण स्कुलसहित मार्भलेस स्कुल, मनकामना स्कुल र कश्यप एकेडेमीले उपाधि जितेका छन्।
प्रतियोगिताको १३ वर्षमाथिको उमेर समूहमा मनकामना स्कुल, जोरपाटी प्रथम भएको छ। त्यसैगरी, यु–१३ मा मार्भलेस स्कुल, यु–११ मा कश्यप एकेडेमी तथा यु–९ उमेर समूहमा आयोजक अन्नपूर्ण स्कुल प्रथम बनेका छन्।
छात्रातर्फ
यु–९ उमेर समूहमा महालक्ष्मी एकेडेमीकी शुभश्री श्रेष्ठ प्रथम, भानु माध्यमिक विद्यालयकी इमसिका श्रेष्ठ द्वितीय तथा दीपज्योति आवासीय माध्यमिक विद्यालयकी रितिक्का सेढाईं तृतीय भइन्।
यु–११ छात्रातर्फ फ्युचर स्टार एकेडेमीकी ग्लोसी श्रेष्ठ प्रथम, कश्यप एकेडेमीकी प्रशंसा चौधरी द्वितीय तथा समृद्धि स्कुलकी यशस्वी महर्जन तृतीय भइन्।
यु–१३ छात्रा समूहमा मार्भलेस स्कुलकी निहाना श्रेष्ठ प्रथम, सोही विद्यालयकी सोनालिका सराफ द्वितीय तथा आयोजक अन्नपूर्ण स्कुलकी ओजस्वी श्रेष्ठ तृतीय भइन्।
१३ वर्षमाथिको छात्रा समूहमा त्रियोग स्कुलकी परिधि खत्री प्रथम, मनकामना स्कुलकी अस्मिता दाहाल द्वितीय तथा जिज्ञासा खनाल तृतीय भइन्।

छात्रतर्फ
यु–९ छात्र समूहमा तिलिङटार माध्यमिक विद्यालयका राजनकुमार साह प्रथम, रातो बङ्गला स्कुलका शुभाङ्ग प्रधान द्वितीय तथा केएमसी स्कुलका सक्षम भट्टराई तृतीय भए।
यु–११ छात्र समूहमा बुढानीलकण्ठ स्कुलका प्रसून मल्ल प्रथम, डीएभी स्कुलका रियाशु पौडेल द्वितीय तथा नाइटिङ्गेल स्कुलका आरभ लाल श्रेष्ठ तृतीय भए।
यु–१३ छात्र समूहमा मार्भलेस स्कुलका अग्रिम सैजु प्रथम, अल्केमिस्ट स्कुलका वचन सिलवाल द्वितीय तथा मार्भलेसकै रिदम थापा तृतीय भए।
१३ वर्षमाथिको छात्र समूहमा पाठशाला स्कुलका ओस्कार पन्थी प्रथम भए। सोही स्पर्धामा विलियम पब्लिक स्कुलका रिक्की महर्जन द्वितीय तथा डीएभी स्कुलका सूर्यल थापा तृतीय भए।

प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रिन्सिपल चन्द्रप्रकाशराज भण्डारी, डा. सङ्घरत्न बज्राचार्य तथा अन्तर्राष्ट्रिय आर्बिटर महेश्वरलाल डंगोललगायतले पुरस्कार वितरण गरेका थिए।











प्रतिक्रिया