उपचारको बहानामा कैदीलाई होटल पुर्‍याउने दुई प्रहरी बर्खास्त


काठमाडौँ।

केन्द्रीय कारागार सुन्धाराका एक कैदीलाई उपचारका नाममा होटलमा पु¥याएर मदिरा सेवन गराउने र युवतीसंग समय विताउन दिने दुई प्रहरी सेवाबाट बर्खास्त भएका छन् ।

यसरी जागिर गुमाउनेहरुमा प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विक रहेका छन् । ठगीको आरोपमा केन्द्रीय कारागारमा सजाय काटिररहेका अनुप भण्डारी नाम गरेका कैदीलाई यही जेठ १ गते उपचारका लागि सामाखुशीको बिनायक अस्पताल अस्पताल लैजाने भन्दै सामाखुशीकै दिपसागर होटलमा लगेको र युवतीसंग समय विताउन दिएको आरोपमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको हो ।

उपचारको बहानामा कैदीलाई कारागारबाट बाहिर लगेर अवाञ्छित क्रियाकलाप गराएको सूचना चुहिएपछि छानबिन समिति गठन गरिएको थियो। छानवीन रिपोर्टको आधारमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।