लेखक ददि सापकोटा द्वारा लिखित ‘त्यो नेपाल’ पुस्तकको फ्रेन्च संस्करण सार्वजनिक गरिएको छ। नेपाल र फ्रान्सबीचको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सम्बन्धलाई उजागर गर्ने उक्त पुस्तकको विमोचन कार्यक्रममा फ्रेन्च भाषा तथा संस्कृतिको प्रवर्द्धनमा सक्रिय अलायन्स फ्राँसेज द काठमाण्डौका निर्देशक सिल्भाँ श्वाँ (Sylvain Choin) सहभागी थिए।
कार्यक्रममा बोल्दै सिल्भाँ श्वाँले नेपाल र फ्रान्सबीचको लामो सांस्कृतिक सम्बन्धलाई अझ नजिकबाट बुझ्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस्ता कृतिहरूले दुई देशका नागरिकबीच आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने बताए।
पुस्तककी लेखिका ददी सापकोटाले नेपाललाई नजिकबाट चिन्ने २९ जना फ्रान्सेली नागरिकका अनुभव, दृष्टिकोण र नेपालसँगको भावनात्मक सम्बन्धलाई पुस्तकमा समेटिएको जानकारी दिइन्। नेपाललाई बाह्य दृष्टिबाट बुझ्ने र नेपाल–फ्रान्स सम्बन्धका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने प्रयासस्वरूप पुस्तक तयार गरिएको उनको भनाइ थियो। पुस्तकमा नेपालमा विभिन्न समयमा काम गरेका, अध्ययन गरेका तथा नेपालप्रति विशेष लगाव राख्ने फ्रान्सेली व्यक्तित्वहरूको अनुभव समेटिएको छ।
कार्यक्रममा प्रकाशन संस्था फाइनप्रिन्ट बुक्सका सञ्चालक निरज भारीले पुस्तक केवल साहित्यिक कृति मात्र नभई नेपाल र फ्रान्सबीचको सम्बन्धको ऐतिहासिक दस्तावेजसमेत भएको बताए। उनले नेपाली भाषामा प्रकाशित भएपछि पाठकमाझ रुचाइएको पुस्तक अब फ्रेन्च भाषामा आउँदा दुवै देशका पाठकलाई एकअर्काको समाज, संस्कृति र इतिहास बुझ्न थप सहज हुने धारणा राखे।
विमोचन कार्यक्रममा कूटनीतिक क्षेत्र, साहित्य, प्रकाशन तथा फ्रेन्च भाषा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पुस्तकले नेपाल–फ्रान्स सम्बन्धको इतिहास, सांस्कृतिक अन्तरसम्बन्ध र जनस्तरको आत्मीयतालाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए।
नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता शिक्षा, संस्कृति, पर्यटन, विज्ञान तथा अनुसन्धानका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। ‘त्यो नेपाल’ पुस्तकले यही सम्बन्धलाई मानवीय अनुभव र व्यक्तिगत कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको











प्रतिक्रिया