पोखरामा सार्वजनिक भयो नयाँ ओमोडा ई-फाइभ प्रो, ग्राहकलाई ११ वर्षसम्म वारेन्टी


पोखरा ।

गण्डकी प्रदेशका लागि ओमोडा JAECOO तथा iCAUR सवारी साधनको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले पोखरामा नयाँ विद्युतीय एसयूभी ओमोडा ई-फाइभ प्रो सार्वजनिक गरेको छ।

ब्रान्डको सफलताको उत्सवका बीच आयोजित कार्यक्रममा ११ भन्दा बढी नयाँ ओमोडा ई५ प्रो ग्राहकलाई सवारी साधनको साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा ग्राहक, व्यवसायी, सञ्चारकर्मी, अटोमोबाइल क्षेत्रका सरोकारवालालगायतको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ।

एलाइट मोटर्सका अनुसार गण्डकी प्रदेशमा OMODA JAECOO ब्रान्डले उत्साहजनक सफलता हासिल गरेको छ। हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३५० भन्दा बढी OMODA E5, १०० भन्दा बढी JAECOO J6, ५० भन्दा बढी JAECOO J5 र ६० भन्दा बढी iCAUR सवारी साधन ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ।

यस अवसरमा कम्पनीले पोखराका विद्यमान OMODA तथा JAECOO ग्राहकका लागि विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत वारेन्टी अवधि ११ वर्षसम्म विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो कदम ग्राहकको विश्वासलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको हो।

कार्यक्रममा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबिन कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै SPG Automobiles र एलाइट मोटर्सका निर्देशक तथा व्यवस्थापन टोलीले ग्राहकको निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गरेका थिए।

एलाइट मोटर्सका अध्यक्ष गोपाल बरालले गण्डकी प्रदेशमा ब्रान्डले प्राप्त गरेको सफलताले ग्राहकको विश्वास झल्काएको बताउँदै नयाँ OMODA E5 PRO को सार्वजनिकरण र विस्तारित वारेन्टी कार्यक्रमले विद्युतीय सवारी साधनप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप सशक्त बनाउने बताए।

नयाँ OMODA E5 PRO मा ५०.७ किलोवाट-घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर, २८८ न्यूटन मिटर टर्क, १९१ मिमी ग्राउन्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट तथा १९ भन्दा बढी ADAS सुरक्षा फिचर समावेश गरिएको छ।

कम्पनीले सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यद्यपि प्रारम्भिक ग्राहकका लागि सीमित अवधिसम्म विशेष अफरअन्तर्गत OMODA E5 PRO ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने जनाएको छ।