काठमाडौं ।
कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि, ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। उक्त छुट अस्पतालमा उपलब्ध इनपेसेन्ट (भर्ना), आउटपेसेन्ट (बहिरंग), आकस्मिक सेवा तथा औषधि खरिदमा लागू हुने जनाइएको छ।
बैंकका अनुसार ग्राहकलाई बैंकिङ सेवासँगै स्वास्थ्य क्षेत्रमा समेत थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको हो। यसबाट ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा रहेका छन्।
बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई सामाजिक तथा संस्थागत जिम्मेवारीका रूपमा लिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित अस्पतालहरूसँग यस्ता सहुलियतसम्बन्धी सम्झौता गर्दै आएको जनाएको छ। साथै, समयानुकूल सेवा विस्तार र ग्राहकलाई थप सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।











प्रतिक्रिया