संघीय सरकारसँगै स्थानीय सरकारको आगामी बर्षको नीति कार्यक्रम

752
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामेबार संघीय सरकारले आगामि आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे सँगै सोमवार पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


नगरपालिकाको सभाकक्षमा आयोजित २० औ नगरसभालाई सम्बोधन गर्नुहुदै नगर प्रमुख कालुमान लामाले विभिन्न नयाँ कार्यक्रहरु सहित प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम सामान्य छलफलपछि सर्वसहमतरुपमा ध्वनी मतका आधारमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताउनु भयो ।

जिल्लाका आठवटा स्थानीय तहहरुमध्ये चौदण्डिगढी नगरपालिका यसरी नीति कार्यक्रम सार्वजनिक गर्ने पहिलो पालिका हो ।

आव २०८३।०८४ लाई खानेपानीको वर्षको रुपमा मनाउने, एक टोलविकास एक योजना सञ्चालन गर्ने, विपन्न अवस्थामा रहेका मुसहर समुदाय तथा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई चाडपर्व खर्च उपलब्ध गराउने,नदीजन्य पदार्थबाट आएको राजश्वको ५० प्रतिशत रकम प्रभावित क्षेत्रमा लगाउने जस्ता कार्यक्रमहरु प्रस्तुत नीति कार्यक्रममा समेटिएका छन ।

सुशासन तथा सेवा प्रवाहलाई विशेष जोड दिएर ल्याइएको नीति कार्यक्रमा नगरपालिकाले नियुक्त गरेका शिक्षा, स्वास्थ्य र नगर प्रहरी लगायतका करार कर्मचारीहरुको सेवा सुविधा थप गर्ने भनिएको छ ।

नगरप्रमुख लामाले आगामि आर्थिक वर्षदेखि मालपोत र नापी कार्यालयको काम समेत पालिकाबाटै सम्पादन गरिने, भूमिहिन, दलित, सुकुम्बासि र अब्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्न १० हजार बढी परिवारलाई सेतो पुर्जा दिइने, भूमिसेवा केन्द्रको कामलाई थप प्रभावकारी बनाईने र नगर प्रहरी लगायत सवै करार कर्मचारीहरुलाई क्षमता बृद्धिगरी थप जिम्मेवार बनाईने बताउनुभयो ।

नगरबासीको जनजीवनलाई सहज र सरल बनाउदै समग्रविकास, सुशासन र जीवनस्तरमा सुधार गर्नुको साथै आर्थिक सामाजिक भौतिक र मानव विकासलाई समेटेर समसत सेवाग्राहीहरुलाई प्रभावकारी रुपमा सरकारी सेवा प्रवाह गरी सर्मध्द नगर निर्माण गर्ने उदेश्यले यो नीति कार्यक्रम ल्याइएको नगर प्रमुख लामाले बताउनुभयो ।