काठमाडौं।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) ले बढ्दै २७८३ अंकमा पुगेको छ, जुन दिनभरकै उच्च बिन्दु पनि हो। कारोबार रकम पनि बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, अघिल्लो दिनको ३ अर्ब २८ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
आज २४७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मात्रै घट्यो भने ४ कम्पनी स्थिर रहे। सबै समूहका सूचक हरियो रहे, जसमा अन्य समूह सबैभन्दा धेरै २.११ प्रतिशतले बढ्यो।
सबैभन्दा धेरै बढ्नेमा फर्स्ट माइक्रोफाइनान्स (१४.१८%), दोल्ती पावर (८.४३%) र आत्मनिर्भर लघुवित्त (६.७८%) रहे। त्यस्तै त्रिशूली जलविद्युत् सबैभन्दा धेरै २.८७ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल अग्रस्थानमा रहे।











प्रतिक्रिया