मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगाको यस सिजनमा उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनाले आइतबार भएको एल क्लासिकोमा रियल मेड्रिडलाई २–० ले हराएपछि उपाधि पक्का भएको हो । टोलीको जितमा लोनमा आएका मार्कुस रसफोर्ड र फेरान टोरेजले समान १–१ गोल गरे ।
यो बार्सिलोनाको समग्रमा २९ औं ला लिगा उपाधि हो । पराजित रियल भने यस सिजनमा पनि उपाधिविहीन बनेको छ । गत सिजनमा पनि बार्सिलोना च्याम्पियन भएको थियो भने रियलले गत सिजनमा कुनै पनि उपाधि जित्न सकेन ।











प्रतिक्रिया