उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ९ राजावासमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । उनी शुक्रबार साँझको समयमा होटलबाट घर जान्छु भनेर हिडेकामा राती अबेरसम्म पनि घर नपुगेकोले खोजतलास गर्दा मृत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शुक्रबारे साँझ त्रियुगा नगरपालिका वडा नं ९ राजाबासमा ६२ वर्षीय चुडा बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन ।
आफैले संचालन गरेको राजावासमा रहेको होटलबाट घर जाने क्रममा अबेरसम्म परिवारको सम्पर्कमा नआएका मृतक खड्कालाई खोजतलास गर्ने क्रममा घरदेखि करिब ७०० मिटर उत्तरतर्फ भित्री गोरेटो बाटोमा मृत अवस्थामा आफन्तले फेला पारेका थिए ।
घटनास्थलमा प्रहरी टोली खटी गई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा पोस्टमार्टम पश्चात आफन्तले शव बुझी अन्त्येष्टिका लागि लगेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बेलुका परेको वर्षासँगै लागेको चट्याङका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया