विपद्बाट तीन महिनामा साढे तीन करोड बढीको क्षती, दुईको ज्यान गयो

376
Shares

उदयपुर ।

उदयपुर जिल्लामा २०८२ माघ महिनादेखि चैत्रमहिनासम्मको तीन महिनाको अवधिमा पिद्का ६७ वटा घटना भएका छन । विपद्का कारण यस अवधिमा ३ करोड ५४ लाख २७ हजार मुल्य बराबरको क्षती भएको भने २ जनाको ज्यानसमेत गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले मासिक रुपमा जारी गरेको विज्ञप्ती अनुसार २०८२ माघ महिनामा आगलागीका ११ घटना भएकोमा ३० लाख ३१ हजारको क्षती भएको छ ।

फागुन महिनामा १० वटा आगलागिका घटना भएकोमा १जना मानिस घाइते भएका छन् । आगलागिबाट २९ लाख ६२ हजार बराबरको क्षती भएको छ भने जंगली हातकिो आक्रमणका २ घटनामा ९३ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२०८२ चैत्र महिनामा ११ वटा आगलागीका घटना, हावाहुरीका ३२ वटा र चट्याङको १ घटना भएको छ । ११ वटा आलागीको घटनामा ५९लाख ९९ हजारको क्षती भएको छ । चट्याङबाट १५ हजारको क्षती हुनुका साथै हावाहुरकिा घटना ३२ वटा भएकोमा सोमापरेर २ जनाले ज्यान गुमाउनुका साथै ८ जना घाइते भएकोमा ७ जनालाइ प्रहरीले उद्धार गरेको छ ।

यस घटनामा २ करोड ३३ लाख ३० हजारको क्षती भएको छ । चैत्र महिनामा भएका विपद्का सबै घटनामा गरेर जम्मा रु. २ करोड ९३ लाख ४९ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपरले मासिक रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हावाहुरीका कारण सबैभन्दा बढी कटारी नगरपालिकामा क्षती भएको र २ जनाको ढलेको रुखमा किचिएर ज्यान गएको हो भने रुखमै किचिएर मानिस घाइते पनि भएकामा उपचार पश्चात घर फकिएका छन ।

विपद्मा परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएका १ सय ८७ जना प्रहरीले उद्धार कार्यमा सहयोग गरेको, क्षतीको विवरण संकलनका सार्थ आवश्यक अन्य सहयोग उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।