काठमाडौं ।
ह्विलचियर स्पोट्र्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसएले लिगको तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
डब्ल्यूएसएले लिग चरणमा जावलाखेल ह्विलचियर स्पोट्र्स क्लबलाई ४–२, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई २०–४ तथा बीआईएलाई १७–२ ले पराजित गरेको थियो ।
यस्तै, जावलाखेल तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ५ अंकसहित दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको जावलाखेलले १० हजार रुपैयाँ प्राप्त ग¥यो । तेस्रो स्थान हासिल गरेको एससिआइएनएनले ५ हजार रुपैयाँ हात पा¥यो ।
चौथो स्थानमा रहेको बीआईए भने तीनवटै खेलमा पराजित भयो । प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाले विजयी टोलीलाई दुई तथा पराजित टोलीलाई पनि एक अंक प्रदान गरिएको जानकारी दिए ।
व्यक्तिगत विधातर्फ हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन् । उनले प्रतियोगिताभर २४ स्कोर गरेकी थिइन् । त्यसैगरी, डब्ल्यूएसएकी ज्योति अर्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । दुवै खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।











प्रतिक्रिया