सिरिजका लागि नेपाली टोलीको घोषणा


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । मंगलबारबाट सुरु हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले अमेरिका र स्कटल्याण्डसँग खेल्नेछ ।

केही दिन अघि सकिएको यसै प्रतियोगिताको सिरिजमा नेपालले ओमान र यूएईसँग खेलेको थियो । जसमा नेपालले तीन जितसहित ६ अंक जोडेको थियो । प्रतियोगितामा नेपालको लक्ष्य शीर्ष चारमा पुग्नु हो । हाल नेपाल सातौं स्थानमा छ भने अमेरिका र स्कटल्यान्ड शीर्ष दुई स्थानमा छन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, इशान पाण्डे, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र भीम सार्की रहेका छन् । इशानलाई अघिल्लो सिरिज खेलेका बसिर अहमदको स्थानमा ल्याइएको हो ।