रुकुम । रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतगणनामा फराकिलो अग्रता कायम गरेका छन्।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ६ हजार ८ सय २० मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार ८ सय ५८ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले २ हजार ७ सय ५६ मत ल्याएका छन्।
मतगणना जारी रहँदा प्रचण्ड अन्य प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तरसहित अगाडि रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँकी मत गणना भइरहेको छ र परिणाम क्रमशः सार्वजनिक गरिनेछ।
अन्य उम्मेदवारहरूको मत विवरण भने पूर्ण रूपमा सार्वजनिक भइनसकेको जनाइएको छ।











प्रतिक्रिया