फस्ट लुकमा परालको आगो


आगामी वैशाख ११ गते रिलीजमा आउने फिल्म परालको आगोको फस्ट लुक्स सार्वजनिक भएको छ।
निर्माण टिमले बिहिबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो। फस्ट लुकमा फिल्मका मुख्य तीन कलाकार, सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापालाई प्रस्तुत गरिएको छ।

तीनै पात्र निकै गम्भीर भावभंगिमा देखिन्छन्। सुहानाले सिउ“दोमा सिन्दुर, अनि निधारमा टीका लगाएकी छन्। तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ। यता प्रकाश सपुतले घुम ओडेर रसिला आ“खा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ। यि तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्मित फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गरिएको छ। पोस्टरमा देखिएको आगोको झिल्को र अ“ध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा परालको आगोजस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुन सक्ने संकेत गर्छ।

सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानिया“लगायतले अभिनय गरेको फिल्म हरि ॐ सिने मेकर्स प्रालिको व्यानरमा सुशील पोखरेलले निर्माण गरेका हुन्। सुशील देवकोटाले लेखेको फिल्ममा गीत मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुत, संगीत शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपुत, पाश्र्व संगीत किरण तुलाधर, नृत्य निर्देशन रामजी लामिछाने, कला निर्देशन प्रतिक छायाकन संकल्प भुजेल, रंग संयोजन कनाल क“वर, भिएफएक्. समिर मिया र सत्यम राना तथा सम्पादन मिलन श्रेष्ठको रहेको छ। गुरुप्रसाद मैनालीको नासो कथा संग्रहमा समावेश कथा परालको आगोका नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।