काठमाडौं ।
काठमाडौं महानगरपालिका–१२ टेकुस्थित शिवबहादुर घर्तीले सञ्चालन गरेको रोडलाइन प्यालेस होटलको कोठा नम्बर १०५ मा एक व्यक्तिलाई बन्धक बनाई कुटपिट गरिएको विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारी अपहरणमा परेका युवकको सकुशल उद्धार गरेको छ। प्रहरीका अनुसार पूर्णबहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते अवस्थामा राखिएको भन्ने सूचनापछि खटिएको टोलीले उनलाई उद्धार गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई मिति २०८२/११/११ गते अन्दाजी राति ९:०० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा: १. फपेन्द्र न्यौपाने (२६ वर्ष) स्थायी ठेगाना: सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–५ हाल बसोबास: काठमाडौं महानगरपालिका–१४, कलंकी पेशा: स्वास्थ्य सहायक (एच.ए.), टेकु अस्पताल २. धनराज बस्नेत (३६ वर्ष) स्थायी ठेगाना: जुम्ला, तिला गाउँपालिका–८ पेशा: कृषि पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।











प्रतिक्रिया