बाफ्टामा वन ब्याटल आफ्टर अनदरलाई सर्वाधिक ६ अवार्ड


विश्वकै प्रतिष्ठित फिल्म अवार्डमध्येको एक इइ बाफटा फिल्म अवार्ड २०२६ का विजेताहरू सोमवार लन्डनस्थित द रोयल फेस्टिभल हलमा आयोजित विशेष समारोहमा घोषणा गरिएका छन्।


समारोहमा फिल्म वन ब्याटल आफ्टर अनदरले सर्वोत्कृष्ट फिल्म तथा यसका निर्देशक पल थोमस एन्डरसनले निर्देशकको अवार्ड जित्नु्का साथै यहि फिल्मबाट सीन पेनले सह–अभिनेता, रूपान्तरित पटकथा, छायाकंन र सम्पादन गरि सर्वाधिक ६ अवार्ड जित्यो। पल थोमस एन्डरसनले निर्देशकको विधामा पहिलो अवार्ड जितेका हुन्।

एलन कमिङले सञ्चालन समारोह बीबीसी वन र आईप्लेयरमार्फत प्रसारण गरिएको थियो। समारोहमा आई स्वेरबाट रोबर्ट अरामायोले अभिनेता र ह्यामनेट जेसी बक्लीले अभिनेत्रीको अवार्ड चुम्दा सिनर्सले मौलिक पटकथा तथा यसैबाट वुनमी मोसाकुले सहायक अभिनेत्री र संगीतको अवार्ड जितिन्।

सेन्टिमेन्टल भ्यालुले गैर–अंग्रेजी भाषाको फिल्म, ह्यामनेटले ब्रिटिस फिल्म, माई फादर्स श्याडोले ब्रिटिस डेब्यु, दिस इज एन्डोमेट्रियोसिसले सर्वश्रेष्ठ ब्रिटिस शर्ट फिल्म, टु ब्ल्याक बोयज इन प्याराडाइजले ब्रिटिस एनिमेसन शर्ट फिल्मको अवार्ड चुम्दा फिल्म एफ वानले ध्वनि, फ्रान्केन्स्टाइनले प्रोडक्सन डिजाइन र मेकअप तथा हेयर, पोशाक डिजाइनको अवार्ड चुम्यो। अवतारः फायर एन्ड एशले विशेष दृश्य प्रभाव, जूटोपोलिस २ ले एनिमेटेड फिल्म, बूङले बाल तथा पारिवारिक फिल्म, मिस्टर नोबडी अगेन्स्ट पुटिनले वृत्तचित्र, आई स्वेयरले कास्टिङको अवार्ड चुमेको छ।

सार्वजनिक मतबाट छनोट गरिने एकमात्र अवार्ड ईई राइजिङ स्टार अवार्ड रोबर्ट अरामायोलाई प्रदान गरिएको छ। यस वर्ष जेसी बक्ली, रोबर्ट अरामायो, वुनमी मोसाकु र सीन पेनले पहिलोपटक बाफटा फिल्म अवार्ड जितेका हुन्। बाफ्टाका अध्यक्ष एचआरएच द प्रिन्स अफ वेल्सले बाफ्टा फेलोशिप सम्मान डेम डोना ल्याङ्लीलाई प्रदान गरे।

उनको रूपान्तरणकारी नेतृत्व, समावेशिताप्रतिको प्रतिबद्धता र सिर्जनात्मक सहकार्यलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो। बाफ्टा फेलोशिप बाफटाद्वारा प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो, जुन फिल्म, खेल वा टेलिभिजन क्षेत्रमा दीर्घकालीन असाधारण योगदानका लागि प्रदान गरिन्छ। त्यस्तै पिक्चर हाउस सिनेमाजकी क्रिएटिभ डाइरेक्टर क्लेयर बिन्सलाई उत्कृष्ट ब्रिटिस कन्ट्रीब्युट टू सिनेमा अवार्ड प्रदान गरियो।

समारोहमा के–पप डेमन हन्टर्सका गायक समूह हन्टर÷एक्सले गोल्डेन बोलको गीतको प्रत्यक्ष प्रस्तुति दिएका थिए। साथै इन मेमोरियम खण्डमा जेसी वेयरले द वे वी वर गीतमार्फत विगत १२ महिनामा दिवंगत भएका फिल्म क्षेत्रका व्यक्तित्वलाई श्रद्धाञ्जली अर्पण गरिन्।