काठमाडौं ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले पुरुष टोलीको नेपाल भ्रमणबारे छलफल थालेको छ ।
क्रिकइन्फोमा प्रकाशित एक लेखअनुसार बोर्डले सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय तालिकामा नेपालको छोटो भ्रमण गर्ने उल्लेख गरेको हो । जसअनुसार टी–२० अन्तर्राष्ट्रिय सिरिजबारे छलफल भइरहेको छ ।
यदि, छलफल सकारात्मक भएमा इंग्लिस क्रिकेट टोली नेपालको छोटो भ्रमणमा आउनेछ । पहिलोपटक टेस्ट खेल्ने टोलीले नेपाल भ्रमण गर्ने अवसर पनि हुनेछ ।
यस वर्ष फेबु्रवरीमा भारतमा भएको टी–२० विश्वकपमा नेपाल र इंग्ल्यान्डबीच पहिलो पटक खेलिएको थियो । जसमा अन्तिम बलसम्म खेलमा रोमाञ्चक भएको थियो । यो खेलमा नेपाल ४ रनले हारेको थियो ।











प्रतिक्रिया