काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरसहित विभिन्न धार्मिक तथा पर्यटकीय संरचनाको अवलोकन गर्नुभएको छ। उहाँले थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर तथा विश्वशान्ति स्तुपको निरीक्षण गर्नुभएको हो।
निर्वाचन तयारीबारे सम्बन्धित निकायसँग जानकारी लिन रुपन्देही भ्रमणमा रहनुभएका प्रधानमन्त्री त्यसपछि लुम्बिनी पुग्नुभएको थियो। भ्रमणका क्रममा लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले उहाँलाई स्वागत गर्दै लुम्बिनीको गुरुयोजना तथा कोषका गतिविधिबारे जानकारी गराएका थिए।











प्रतिक्रिया