रामेछाप ।
सवारी दुर्घटनामा परी मंगलबार १२ जनाको ज्यान गएको घटनापछि मृतकका आफन्तले खुर्कोट, मन्थली¸हल्दे र खिम्ती क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।
उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा दुर्घटनामा संलग्न चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै उनीहरूले सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन् । अवरोधका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।


आक्रोशित आफन्तले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने जिल्ला प्रशासन कार्यालय रामेछापमा सर्वदलिय बैठक भइरहेको छ ।
यता मृतकका आफन्तले भने प्रशासनले व्यवास्था गरेको र यातयात सन्चालक कम्पनिका अधिकारी समेत सम्पर्क नआएको आरोप लगाएका छन् ।











प्रतिक्रिया