काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशभर आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।
दिउँसो हिमाली तथा पहाडी भू–भागमा बदली हुने र गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
राति पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया