काठमाडौँ
विद्यार्थीमा अनुशासनको विकास गर्दै प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले डिएभी कलेजद्वारा आयोजित सातौँ डिएभी अन्तरकलेज फुटसल प्रतियोगिता यही मिति १६ गते भव्य रूपमा शुभारम्भ भएको छ । प्रतियोगिता संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा कलेजको आफ्नै फुटसल मैदानमा सुरु गरिएको हो ।
कलेजको मैदानमा सम्पन्न उक्त प्रतियोगितामा ४० वटा कलेजको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया रहनुभएको थियो भने मुख्य अतिथिका रूपमा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा डिएभी द्वितीय कलेजका प्रिन्सिपल तथा हिसान केन्द्रीय सदस्य श्री सुमन बस्नेतले संयुक्त रूपमा प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा शिवशक्ति एजु मार्ट प्रा. लि. का संस्थापक महेश गिरहिया तथा सुमेरु सिटी अस्पतालका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगिता डिएभी तहकै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटसल प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गर्नुभएको थियो ।
प्रतियोगिताको समापन समारोहमा विजयी तथा उपविजेता टोलीलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। केडिया फाउन्डेसनका अध्यक्ष श्री अनिल केडिया, कलेजका प्रिन्सिपल श्री सुमन बस्नेत तथा शिवशक्ति एजु मार्ट प्रा. लि. का संस्थापक श्री महेश गिरहियाले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो।
प्रतियोगितामा समृद्धि स्कुल विजेता बन्दै नगद तीन लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने हेराल्ड कलेज उपविजेता बन्दै नगद दुई लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त ग¥यो । त्यसैगरी, उत्कृष्ट खेलाडीको उपाधि समृद्धि स्कुलका कप्तान बोगटीले हात पार्दा उत्कृष्ट गोलरक्षकको उपाधि हेराल्ड कलेजका निराजन मगरले प्राप्त गरे। उच्च गोलकर्ताको उपाधि एआईटीएम कलेजका सुशन बलामीले जित्न सफल भएका थिए ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा उच्च गोलकर्तालाई जनही पन्ध्र हजार रुपियाँ नगद, व्यक्तिगत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताले कलेजस्तरका विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै फुटसल खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया