उदयपुर ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधवार नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि ११ बजेदेखि १२ बजेसम्म एक घण्टा सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना दिएका छन् ।
सरकराले पत्रकारहरुमाथि अनावश्यक रुपमा पक्राउ गर्ने गरेको, सञ्चारगृहका अगाडि सवारी साधन तेर्स्याउने, पत्रकार मैत्री कानुन ल्याउन नचाहने जस्ता विषयलाई लिएर नेपाल पत्रकार महासंघले तय गरेको सामूहिक गिरप्ः्तारीको माग गर्दै पत्रकारहरु जिला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
सरकारले सञ्चारकर्मीहरुमाथि गरेको दमन तथा धरपकडका विरुद्धमा नेपाल पत्रकार महाखसंघले केन्द्रले तय गरेको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै बुधवार देशभरका नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुद्धारा प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुलाई सामूहिक गिरप्m्तारीको माग गर्दै आन्दोलनको घोषणा गरिएको थियो ।








तपाईंको विचार लेख्नुहोस्