उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले सोमबार भूमि प्रशासन सेवा अन्तर्गत पालिका भित्रका विगतमा जग्गा जोतभोग गर्दे आएका तर जग्गाधनी प्रमाण पुर्जा नपाएका जोताहा किसान ३सय ६४ जनालाई जग्गाको भोगाधिकार प्रमाण पुर्जा वितरण गरेको छ ।
चौदण्डीगढी नगरपालिकामा वर्षौदेखि जग्गा जोतभोग गर्दै आएका तर जग्गाधनी प्रमाण पुर्जा नपाएका जोताहा किसानहरुको पहिचान गरेर कानुन सम्मत रुपले ३ सयजना ६४ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
चौदण्डीगढी नगरपालिका भित्रका ६ हजार २सय परिवारको जग्गा नाप जाँच भएकोमा सोमबार ३ सय ६४ जनालाई जग्गा भोगाधिकारको प्रमाण पुर्जा वितरण गरिएको चौदण्डीगढी नगरपालिकाले जानकारी दिएको छ । भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा नगरपालिकाले यो काम शुरु गरेको र करिब ५ हजार २ सय जनालाई निकट भविष्यमै जग्गा धनी प्रमाण पुर्जा वितरण गनर्दै तयारी भइरहेको छ ।, हामी स्थानीयको जग्गा विहीनताको अवस्थालाई मध्य नजर गरेर जोत्नेलाई जग्गाको मालिक बनाउन लागी परेका छौ छिट्टै नै पहिचान खुलेको जोताहा तथा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवीथत बसोबासीहरलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारीमा लागेको नगर प्रमुख कालुमान लामाले नेपाल समाचारपत्रलाई बताए ।
चौदण्डीगढीको २ मा पर्ने झगरापाटा गाउँबाट सोमबारदेखि जग्गा धनी प्रमाण पुर्जा वितरण शूर गरिएको जानकारी दिँदै नगर प्रमुख लामाले यस अघि चौदण्डीगढी नपाका विभिन्न वडाका ३ सय ४३ जना किसानलाई जग्गाधनी प्माण पुर्जा वितरण गरिएको बताए ।
लामाले नगरपालिका भित्रका सबै भूमिहीनहरूको समस्या एकै पटक समाधान गनेृ लक्ष्य लिएर काम गरेको जानकारी दिँदै पटक पटक गरेर २०—२५ जनालाई लालपुर्जा वितरण गर्दा कतिपयमा आशंका उत्पन्न हुने र जग्गा जोतभोग गर्नेको विश्वासलाई बलियो बनाउन सबैलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नै लक्ष्य रहेको बताए ।








तपाईंको विचार लेख्नुहोस्