गाईघाटमा झिगुः नेवाः पुचको खाना महोत्सव हुने


उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटमा आउँदो पुष १ देखि ८ सम्म झिगुः नेवाः पुचले साताव्यापी खाना महोत्सवको आयोजना गर्ने भएको छ ।

झीगु नेवा पुचः उदयपुरले हरेक दुई वर्षमा आयोजना गर्दै आएको खाना परिकार महोत्सव आगामी पौष १ गतेदेखि ८ गतेसम्म गाईघाट बजारमा सञ्चालन हुने भएको छ । कला, संस्कृति संरक्षण, आन्तरिक पर्यटन प्रवर्धन, पहुँच, पहिचान र परिकार स्वरोजगार समृद्धिको मूल आधार भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सवबारे आयोजक संस्थाले गाईघाटमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सवमा विभिन्न जातजाति तथा समुदायका परम्परागत खानाका परिकारको प्रदर्शनी, बिक्रीवितरण, सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा लाखे नाच प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा उदयपुरको गाईघाट र कटारीसँगै खोटाङ, ओखलढुंगा, संखुवासभा, इलाम, झापा, मोरङ र सुनसरीका लाखे समूहको सहभागिता रहने झीगु नेवा पुचःका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा उत्कृष्ट लाखे नाच प्रदर्शन गर्ने समूहलाई एक लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम पुरस्कारको प्रायोजन यसअघि त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतले गरेका छन् । त्यसैगरी, दोस्रो पुरस्कार ७५ हजार एक रुपैयाँ कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रायोजनमा प्रदान गरिनेछ । तेस्रो पुरस्कार ५१ हजार एक रुपैयाँ त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले प्रायोजन गरेकी छन् । यस्तै, ११ हजार एक रुपैयाँको सान्त्वना पुरस्कार तिलकबहादुर श्रेष्ठले प्रायोजन गरेका छन् । 

पत्रकार सम्मेलनपछि सहभागी लाखे समूहले गाईघाट बजारमा लाखे नाच प्रदर्शन गरेका थिए । प्रदर्शनले महोत्सवको सांस्कृतिक माहोल झल्काउनुका साथै स्थानीयवासीमा उत्साह थपेको थियो । महोत्सवमा नेवारी, किरात राई, दनुवार, मगर, थारूलगायत विभिन्न समुदायका परम्परागत खानाका परिकार बिक्री तथा प्रदर्शनीका लागि छुट्टाछुट्टै स्टल राखिने आयोजकले जनाएको छ । 

महोत्सवको उद्देश्य ः सामुहिक प्रतिबद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना गर्ने, होमस्टेको अवधारणा अनुसार होमस्टेको प्रावधानलाई अगाडि बढाउने ।  विभिन्न जातजाति विच सांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने । जिल्ला भरी छरिएर रहेका जनजातिहरुको पहिचान कला भेषभुषा रहन सहन धार्मिक तथा सांस्कृतिक परम्परा भाषा तथा साहित्यको पहिचान एवं सूचना गर्ने । महोत्सवबाट बचेको रकम सांस्कृति संग्राहलाय तथा स्वस्थ शिविरहरुमा खर्च गरिने छ । 

अनुमानित खर्च:  

यस महोत्सव सञ्चालन गर्नको लागि करिव २१,००,०००।– (एकाईस लाख) लाग्ने अनुमान गरिएको छ । यसको श्रोत त्रियुगा नगरपालिका, जिल्लाका विभिन्न न.पा. तथा गा.पा. एवम् प्रायोजक तथा सहयोगीहातहरु नै रहनेछ । महोत्सवबाट बचेका रकमलाई माथिको उद्देश्य पुरा गराउन खर्च गरिने छ । 
 
मुख्य आकर्षकहरू :

 परम्परागत तथा सांस्कृतिक झल्किने विभिन्न जातजातिको भेषभूषा तथा झाकीहरु, विभिन्न जातजातिको खाना परिकार विक्री वितरण, नेवा : छमछमी सिजन – ४    विभिन्न जातजातिको नृत्य प्रदर्शन, विभिन्न समूह विच भजन कीर्तन प्रतियोगिता, शंक फूक्ने प्रतियोगिता महिला÷पुरुष, थारु जातिको परम्पारिक नृत्य प्रतियोगिता, राई जातिको साकेलासिल्ली नाच नृत्य प्रतियोगिता, कोशी प्रदेश भरीको लाखे नाच प्रतियोगिता, मगर जातिको हुर्रा नृत्य प्रतियोगिता दनुवार जातिको रामदल नृत्य प्रतियोगिता आयोजना गरिने छ ।

स्टल व्यवस्थापन :  स्टल संख्या : ४० स्टलको आकार १०× १५ फिट, कुर्सी २ टेवल १

  महोत्सवका परिकारहरु : सबै जातजातिले तयार गरिने साकाहारी तथा मंसाहारी भोजनहरु तयार गरिने छ । मासुको परिकार ः– छवय्ला, कचिला, हाकु छवय्ला मना छवय्ला, माछा, चिल्ली रोष्ट, अण्डा, तखला, ससेस, भुटन, सुकुटी, सेकुवा, पक्कु, मटिया मासु, घुँगी, सिटवा, खरायोको मासु, लोकल कुखुरा, मःम हुनेछ । अन्य परिकारहरुमा नेवारी खाजा ः यमरी, मायामरी, खेचटा मरी, समयवजी, आलु फ्राई, साँधेको भटमास, चतामरी, चिउरा, सेलरोटी, खिर, कोदो र फापरको रोटी कोदोको ढिडो, भक्का, वगिया सबै नेवारी सेट चिचौरा (अण्डीको भात) प्रदर्शनमा राखिने छ । 
प्रायोजक – सह– आयोजक त्रियुगा नगरपालिका प्रयोजकहरु पत्राचार भएका कम्पनीहरू गोर्खा ब्रुअरी टवर्ग बियर, रमपम, म्याक्स टाईगर, रेडबुलहरु रहेका छन् जसको फाइनल हुन बाँकी रहेको छ ।  

कार्यक्रम सञ्चालन तथा पुरस्कार रासी :   

मिति २०८३ पौष १ गते देखि ९ गते सम्म ।  प्रत्येक दिन २ः०० बजे देखि ८ः०० बजे सम्म त्रि.न.पा ११ को पिपल चोक दक्षिण गाईचोक उत्तरमा संचालनमा हुने छ । २०८३ पौष १ गते बुधवार उद्घाटन कार्यक्रम दिनको १ः०० बजे, २०८३ पौष २ गते बिहिबार भजन कीर्तन तथा शंख फुक्ने प्रतियोगिता दिउँसो २ः०० बजे हुनेछ ।  २०८३ पौष ३ गते शुक्रबार राई जातिको साकेलासिल्ली प्रतियोगिता २ः०० बजे पछि ,  २०८३ पौष ४ गते शनिबार कोशि प्रदेश स्तरीय लाखेनाच प्रतियोगिता ।  २०८३ पौष ५ गते आइतबार थारु जातिको नाच प्रतियोगिता ।  २०८३ पौष ६ गते सोमबार मगर जातिको हुर्रा नाच प्रतियोगिता,  २०८३ पौष ६ गते सोमबार दनुवार जातिको रामदली नाच प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

 २०८३ पौष ७ गते मंगलबार नेवा छमछमी ४ः३० बजेदेखि प्रथम चरण  २०८३ पौष ८ गते बुधबार नेवा छमछमी दोस्रोचरण, २०८३ पौष ९ गते बिहिबार नेवा छमछमी तथा समापन कार्यक्रम ४ः३० बजे देखी सञ्चालन हुनेछ । प्रत्येक जातीय झाँकीलाई खाजा खर्च वापत रु.३०००।– (तिन हजार) का दरले दिइने छ । अन्तमा आदिवासी तथा विभिन्न जातजातिहरुले आफ्नो भेषभुषा तथा परिकारहरुको पहिचान गराउन कठिन भै रहेको अवस्थामा सबैलाई समेटेर एकै स्थानमा प्रदर्शन गराउँदा उनीहरुको जातीय, पहिचान माथि उठ्ने र कला संस्कृतिको संरक्षण र विकासको साथसाथै जातीय ऐक्यवद्धता कायम गरी अगाडि बढ्न सकिने अवस्था रहेको हुनाले पत्रकार महासंघ लगायत सम्पूर्ण मिडियाकर्मी महानुभावहरुको आर्थिक भौतिक एवम् पूर्णरुपमा साथ सहयोग सद्भाव एवं सहभागिताको लागि सादर आमन्त्रण सहित उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ । 

चौथो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक चौथो लाखेनाच महोत्सव – २०८३ त्रियुगा पुरस्कार राशी लाखे नाच प्रतियोगिता प्रथम ७५,०००।– (प्रायोजक : त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेत), दोश्रो   : ५०,०००।– (प्रायोजक : कटारी नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ), तेश्रो   : २५,०००।– (प्रायोजक ः त्रियुगा नगर उपप्रमुख महेश्वरी राई) , सान्त्वनाः १००००।– (प्रायोजक 
नेवा : छमछमी सिजन –४, प्रतियोगिता प्रथम १०,०००।– (प्रायोजक : मधुसुदन श्रेष्ठ मेरो गाईघाट कम्प्युटर तालिम केन्द्र), दोश्रो ७०००।– (प्रायोजक : नवराज श्रेष्ठ त्रि.न.पा. १०), तेश्रो ५०००।– (प्रायोजक ः आयुष्यमा श्रेष्ठ÷अभिनय श्रेष्ठ त्रि.न.पा. ११) 

विभिन्न टोल स्तरीय भजन कीर्तन टोली प्रतियोगिता :   प्रथम   : ७०००।– (प्रायोजक :    दोश्रो   : ५०००।– (प्रायोजक :   तेश्रो   : ३०००।– (प्रायोजक :  थारु जातीय नृत्य प्रतियोगिता    प्रथम   : ७०००।– (प्रायोजक :    दोश्रो   : ५०००।– (प्रायोजक :   तेश्रो   : ३०००।– (प्रायोजक : साकेलासिल्ली नाच प्रतियोगिता :    प्रथम   : १०,०००।– (प्रायोजक : पाण्डे श्री सप्लायर्स एण्ड ट्रेडर्स प्रो.बिनोद पाण्डे)   दोश्रो   : ७०००।– (प्रायोजक :   तेश्रो   : ५०००।– (प्रायोजक :  त्रि.मा.वि. २०४९ एस.एल.सि. व्याज) मगरजातिय हुर्रा नाच प्रतियोगिता :    प्रथम   : ७०००।– (प्रायोजक :    दोश्रो   : ५०००।– (प्रायोजक :   तेश्रो   : ३०००।– (प्रायोजक :  दनुवार जातिको रामदली नृत्य प्रतियोगिता    प्रथम   : ७०००।– (प्रायोजक :    दोश्रो   : ५०००।– (प्रायोजक :   तेश्रो   : ३०००।– (प्रायोजक :  शंख फुक्नेप्रतियोगिता (महिला÷पुरुष) :    पुरुष प्रथम : ३०००।– (प्रायोजक :   महिला प्रथम   : ३०००।– (प्रायोजकस्थानीय स्वाद, मौलिक संस्कृति र परम्परागत खानालाई एउटै स्थानमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानबारे जानकारी गराउने उद्देश्य महोत्सवले लिएको छ । गाईघाट बजारको पिपलचोकमा आयोजना हुने महोत्सवले स्थानीय व्यापार व्यवसाय प्रवर्धन, आन्तरिक पर्यटन विकास तथा रोजगारी सिर्जनामा योगदान पु¥याउने आयोजकको विश्वास छ । 

परम्परागत खानाका परिकारलाई व्यवसायिक रूपमा अघि बढाउँदै स्थानीय समुदायलाई स्वरोजगार बन्न प्रेरित गर्ने लक्ष्यसमेत महोत्सवले राखेको छ । महोत्सव सञ्चालनका लागि करिब २१ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । उक्त रकम कोशी प्रदेश सरकार तथा स्थानीय तहबाट सहयोग जुटाउने गरी तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजकका अनुसार महोत्सवले उदयपुरको सांस्कृतिक विविधता, मौलिक खानाको पहिचान र स्थानीय पर्यटनलाई एकैसाथ प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।

यस अघि २०८१ सालमा गरिएको तेस्रो खाना परिकार तथा लाखेनाच प्रतियोगितमा भएको आम्दानी तथा खर्चको विवरणसमेत पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो । विगत वर्षको आय व्यय विवरणको लेखा परीक्षण समेत भै सोको समितिमा पारित हुँदाको तेश्रो परिकार महोत्सव २०८१ को आम्दानी रु.१२,२२,७९१।– खर्च रु. १३,१०,५९७।– रहेको छ जसमा उद्देश्य अनुरुप रकम संकलन हुन नसक्दा लक्ष्य अनुसारको नभई घाटा रु ८७,८०६।– भएकोले कार्यपूरा गराउन नसकिएको कारणले गर्दा हरेक दुई दुई वर्षमा यस्ता खाले महोत्सवहरुलाई निरन्तरता दिइएको हो । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।