पूर्व मुख्यसचिव अर्याल म्याद थपका लागि अदालतमा उपस्थित


काठमाडौँ ।

पूर्व मुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई अदालतमा उपस्थित गराएको हो।

सीआईबीका अनुसार अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरी मङ्सिर १० गते नेपाल ल्याएको थियो। त्यसअघि प्रहरीले बिहीबार उनको घरमा समेत खानतलासी गरेको थियो।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन्।

उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराइएको सीआईबीका एक अधिकृतले जानकारी दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।