आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता


काठमाडौँ, (नेस) ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा)को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

राष्ट्रिय जेन्जी नागरिक अभियानले आनी छोइङको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दर्ता गराएको हो । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषलाई पनि विपक्षी बनाइएको छ ।

नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउ“दै रिट दर्ता गरिएको अभियानका संयोजक अजय सोडारीले जानकारी दिनुभयो । रिट निवेदकमा अभियानका संयोजक सुनिल सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटी रहनुभएको छ । मुद्दाको पेसी बुधवारका लागि तोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।