नेपाली कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यसहित वेब सिरिज सायरा : ए मिरर अफ सोसाइटी निर्माण हुने भएको छ।
अमेरिकाबाट व्यावसायिक यात्रा सुरु गर्न लागेको अस्त्र सिने स्टुडियोज र नेपालस्थित ¥याड स्टुडियोजको सहकार्यमा सिरिज निर्माण हुन लागेको हो। किशोर भण्डारीको लेखन तथा निर्देशन रहने सिरिजको नारा स्टोरीज द्याट स्ट्राइक लाइक स्टार्स राखिएको छ। निर्माण पक्षले सिरिजको फस्ट लुकसमेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सायरा नामको पछाडि चस्मा लगाएकी एक महिला कतै हेरिरहेको अवस्थामा देखिन्छिन्।
पोस्टरको तल्लो भागमा उपत्यकाजस्तो देखिने स्थानतर्फ एक महिला हिँडिरहेकी छन् भने उनको दायाँबायाँ केही मानिस बसिरहेका छन्।
चाँडै छायाँकनमा जाने सिरिज आगामी माघ १ गते अर्थात् जनवरी १५ देखि प्रदर्शन गर्ने तयारी छ। यसको चिफ एडिटर तथा प्रोजेक्ट हेडका रूपमोपाली सम्पादक निशान घिमिरेले जिम्मेवारी सम्हालिरहेका छन्। सिरिजलाई बहुभाषिक बनाउँदै अंग्रेजी सबटाइटलसहित अन्तर्राष्ट्रिय बजारमा पु¥याउने निर्माण पक्षको योजना छ। सांस्कृतिक विविधतालाई समेट्न कथाको मागअनुसार नेपाल र अमेरिकामा समेत छायाँकन गर्ने तयारी भइरहेको निशानले बताए।
दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्म तथा म्युजिक भिडियोको विकास र रूपान्तरणमा सक्रिय निशानले अन्तर्राष्ट्रिय फिल्म बजारमा नेपाली कथाको सम्भावना प्रस्तुत गर्दै आएका छन्।








तपाईंको विचार लेख्नुहोस्