इजरायली आक्रमणमा हमासका सुरक्षा प्रमुख अबु नाहल मारिए


काठमाडौं ।

गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल मारिएका छन्।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा सहरको पश्चिमी क्षेत्रमा गरिएको आक्रमणमा ५० वर्षीय अबु नाहललाई लक्षित गरिएको थियो। उनलाई गत सेप्टेम्बरमा सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा अबु नाहल मारिएको पुष्टि गरेका छन्।

यसैबीच, गाजामा भएका अन्य दुई इजरायली हवाई आक्रमणमा थप ६ जनाको मृत्यु भएको छ। वादी गाजा क्षेत्रमा भएको आक्रमणमा तीन जना तथा खान युनिसको अल–मवासी क्षेत्रमा रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गाजाको गृह मन्त्रालयले प्रहरी चौकीमाथिको आक्रमणको निन्दा गरेको छ। यता, इजरायली सेनाले उक्त क्षेत्रमा आतंकवादीहरूलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।