काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलरको १०३ रुपैयाँ ४० पैसा, युरोको १६२ रुपैयाँ १६ पैसा र बेलायती पाउन्डको १९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
यी मुद्राको बिक्रीदर क्रमशः ९८ रुपैयाँ ७२ पैसा, १०३ रुपैयाँ ८२ पैसा, १६२ रुपैयाँ ८२ पैसा र १९४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूको विनिमयदर भने फरक हुन सक्ने जनाइएको छ।








तपाईंको विचार लेख्नुहोस्