काठमाडौँ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान छ। बिहीबार कोशीको हिमाली तथा पहाडी र गण्डकीको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्