काठमाडौं ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो। पोखराका लागि युवराज सिंह सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।
धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
विराटनगरका कप्तान सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे।
सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। साथै, एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीको कीर्तिमानसमेत बनाए। एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले समान १ विकेट लिए।











प्रतिक्रिया